Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स स्मार्ट सिटी र संसारद्वारा बुटवलमा रक्तदान,५१ पिन्ट रगत संकलन

लायन्स स्मार्ट सिटी र संसारद्वारा बुटवलमा रक्तदान,५१ पिन्ट रगत संकलन

  • 2.0K
    SHARES

  • लायन्स स्मार्ट सिटी र संसारद्वारा बुटवलमा रक्तदान,५१ पिन्ट रगत संकलन

    बुटवल,भदौ ५ । 

    रगत अभाव हुन नदिन बुटवलमा लायन्स क्लवअफ बुटवल स्मार्ट सिटी र लायन्स क्लवअफ बुटवल संसारले  संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छ्न्।

    स्मार्ट सिटीका अध्यक्ष  खेम थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै सभाहलमा भएको कार्यक्रमको डिस्ट्रीक चिफ एडभाइजर उमंग देवकोटाले उद्घाटन गर्दै सामाजिक कार्यमा लायन्सको योगदानबारे प्रकाश पारेका थिए।

    कार्यक्रममा  नेपाल नियमित  रक्त दाता सङ नेपाल का अध्यक्ष  दया सिलवाल,नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, जोन ९१ का जोन चियरपर्सन राजु पौडेल,  लायन्स  क्लब अफ बुटवल संसारका अध्यक्ष  बिकाश श्रेष्ठ  लगायतले युवाहरुलाई एकतावद्ध गरि सामाजिक कार्यमा अग्रसर गराउन सफल भएको बताए।

    कोभिड संक्रमण र लकडाउनका कारण रगत अभाव देखिएसंगै रक्तदान गरिएको लायन्स क्लब अफ बुटवल स्मार्ट सिटिका सचिब प्रकाश खनालले बताए।प्रकाश खनालले संचालन गरेको कार्यक्रमको संयोजन भने प्रेम सुनार र गोबिन्द चापागाईंले  गरेका थिए ।

    240436207_343198344173727_5922790554799660608_n.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology