Logo बिहिवार, आश्विन १ गते २०८३
images

लायन्स क्लब अफ बुटवल खस्यौली र लियो क्लवद्वारा बुटवलमा रक्तदान,६० पिन्ट रगत संकलन

लायन्स क्लब अफ बुटवल खस्यौली र लियो क्लवद्वारा बुटवलमा रक्तदान,६० पिन्ट रगत संकलन

  • 2.6K
    SHARES

  • लायन्स क्लब अफ बुटवल खस्यौली र  लियो क्लवद्वारा बुटवलमा रक्तदान,६० पिन्ट रगत संकलन

    बुटवल,भदौ ३ ।

    रगत अभावलाई रोक्न लायन्स क्लब अफ बुटवल खस्यौलीले विहिबार रक्तदान कार्यक्रम गरेको छ।

    लायन्स क्लब अफ बुटवल खस्यौलीका भातृसंस्था लियो क्लब अफ बुटवल खस्यौली, लियो क्लब अफ सैनामैना, लियो क्लब अफ सिमसार, लियो क्लब अफ लर्ड बुद्घ, लियो क्लब अफ बुटवल खस्यौली युथको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम भएको हो।

    नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्रको प्राविधिक सहयोगमा केन्द्रकै सभाहलमा भएको कार्यक्रमको डिस्ट्रीक चिप एडभाइजर उमंग देवकोटाले उद्घाटन गर्दै सामाजिक कार्यमा लायन्सको योगदानबारे प्रकाश पारेका थिए।

    कार्यक्रममा डिस्ट्रिक होनरी एड्भाइजर बाबुराम बोहरा, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान, जोन ९१ का जोन चियरपर्सन राजु पौडेल, लियो यरियाको चिफ सन्तोष खरेल, लियो क्लब अफ बुटवल खस्यौली युथका अध्यक्ष दिपक खरेलले युवाहरुलाई एकतावद्घ गरि सामाजिक कार्यमा अग्रसर गराउन सफल भएको बताए।

    कोभिड संक्रमण र लक डाउनका कारण रगत अभाव देखिएसंगै आकष्मिक रक्तदान गरिएको लायन्स क्लब अफ बुटवल खसौलीका अध्यक्ष बिष्णु उपाध्यायले बताए। कार्यक्रम संयोजक रोसन रायमाझीले ६० पिन्ट रगत संकलन भएको बताए।

    bld.jpg

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology