Logo मंगलवार, श्रावण १२ गते २०८३
images

क्षितिज सहकारी र स्पोर्ट्स क्लब न्यु होराईजनको रक्तदानमा ३७ पिन्ट रगत संकलन

क्षितिज सहकारी र स्पोर्ट्स क्लब न्यु होराईजनको रक्तदानमा ३७ पिन्ट रगत संकलन

  • 3.8K
    SHARES

  • क्षितिज सहकारी र स्पोर्ट्स क्लब न्यु होराईजनको रक्तदानमा ३७ पिन्ट रगत संकलन

    बुटवल,साउन २५ ।

    क्षितिज बचत तथा ऋण सहकारी लायन्स क्लब बुटवल न्यु होराईजन र स्पोर्ट्स क्लब न्यु होराईजनको सयुक्त आयोजनमा रक्तदान कार्यक्रम भएको छ ।

    सहकारीका अध्यक्ष बिष्णु प्रसाद बश्यालको अध्यक्षता र सहकारिका प्रमुख सल्लाहकार एवम लायन्स क्लब ३२५ बि  टु नेपाल का अनरी डिस्टिक एडभाईजर लोकनाथ उपाध्यायको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे । त्यस्तै नेपाल रेडक्रस सोसाइटीकी केन्द्रिय निर्देशक डा.मनिता रजकर्णिकारको बिशिष्ट आतिथ्यता रहेको कार्यक्रममा  रक्तसंचार बुटवलको प्राबिधिक सहयोग रहेको थियो ।

    साे अवसरमा अध्यक्ष बिष्णु प्रसाद बश्याल ,प्रमुख अतिथी लोकनाथ उपाध्याय , डाक्टर मनिता राजकर्णिकार,लायन्स क्लब न्यु होराईजनका अध्यक्ष जीवनाथ भण्डारी लगायतले बाेल्दै यो विषम परिस्थितिमा पनि रक्तदान गर्नुहुने रक्तदाताहरुलाई धन्यवाद दिएका थिए ।

    कार्यक्रममा जम्मा ३७ पिन्ट रगत संकलन गरिएको सहकारीका सचिब एवं लायन्स क्लब ३२५ बि टु नेपाल का जोन १०८ का जोन चियर पर्सन प्रकाश खनालले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology