बुटवल,साउन २० ।
अमेरिकाको टेक्सस राज्यमा बस्दै आएका नेपाली मूलका युवा उत्सव सिंह शारीरिक सुगठनबाट फाइनलमा पुगेका छन् । अमेरिकी पत्रिका (म्यागजिन)ले आयोजना गरेको प्रतियोगितामा सिंह सेमीफाइनलबाट उनी फाइनलमा प्रवेश गरेका छन् ।
सिंहले जुलाई ३ का दिन टेक्सस राज्यमा सम्पन्न शारीरिक सुगठन प्रतियोगितामा दुई वटा स्वर्ण पदक प्राप्त गरेका थिए । उक्त प्रतियोगितामा सहभागी भै दुईवटा स्वर्ण पदक हात पार्ने उनी नेपाली मूलका पहिलो व्यक्ति हुन् ।
जुलाई ३० का शुक्रबार दिउसो अमेरिकी पूर्वीय समय १२ बजे पछि सेमीफाइनलबाट फाइनल प्रवेश गर्दै फड्को मारेका छन् । उनले विश्वका हरेक कुनामा रहेका सबै नेपालीलाई मतदान गरेर बिजेता बनाउन नागरिक अनलाइनमार्फत् आग्रह समेत गरेका छन्
फाइनलको मतदान अगस्त ५ सम्म राती ७ बजे ( प्यासिफिक समय)सम्म रहने छन् । अन्तिम चरणको लागि मतदान सुरु भै सकेको छ ।८ वटा समुह रहेकोमा उनि आफ्नो समूहबाट प्रथम भै अन्तिम चरण (फाइनल) मा पुग्दै अब उनले ८ जनासंग प्रतिस्प्रद्धा गर्नु पर्नेछ । उक्त प्रतियोगितामा बिजेता भएमा प्रथम हुनेलाई २० हजार डलर पुरस्कार प्रदान गरिने छ ।
अमेरिकी पत्रिका -फिचर्ड मसल एण्ड फिटनेस नामक पत्रिकामा बिजेताको तस्विर उक्त पत्रिकाको मुख्य पृष्ठमा प्रकाशित गर्नेछ ।
अमेरिकी ईतिहासमा नेपाली समूदायलाई प्रतिनिधित्व गर्दै पत्रिकामा सहभागी भै अन्तिम चरणमा पुग्ने पनि अहिले सम्म उनि एक मात्र नेपाली हुन् । उनि बिजेता भएमा केही समाज सेवामा सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
टेक्सस राज्यको ड्यालसमा बिगत ७ बर्ष देखि बसोबास गर्दै आएका सिंहको पुर्ख्याैली घर बुटवल हो । उनले अगस्त २४ ,२०१९ का दिन अमेरिकाको मेरिल्याण्ड राज्यको लरेल शहरमा सम्पन्न एनपीसी क्यापिटल ग्रान्ड प्रिक्स प्रतियोगितामा सिंहलाई स्वर्ण पदक प्राप्त गरेका थिए ।
भाेटगर्न यहाँ थिच्नु होस् :
https://featured.muscleandfitness.com/2021/utsav-sing
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)