बुटवल,असार ३१-
सशक्त बचत तथा ऋण सहकारी सस्था लिमिटेड बुटवलको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
सहकारीको १३ औं बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको सहकारीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीले बताए ।
रक्तसञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा ५० जनाले रक्तदान गरेका थिए । रगतको माग पुर्ति गर्ने सामाजिक उत्तरदायित्व अनुसार रक्तदान कार्यक्रमको आयोजना गरिएको रक्तादान कार्यक्रमका संयोजक जीवलाल पौडेलले बताए ।नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा अध्यक्ष प्रेम लाल उदासले जिल्लामा रगतको व्यवस्थापनमा यस क्षेत्रका संस्थाहरुको महत्वपुर्ण योगदान रहेको भन्दै आगामी दिनमा पनि रक्तदान कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका उनले रगत नपाए बुटवल जानु भन्ने नारालाई संस्थाहरु, व्यक्ति र रक्तदाता अभियानहरुले साकार बनाएको समेत बताए । कार्यक्रममा सहकारीका कोषाध्यक्ष कृष्ण प्रसाद पौडेल, सचिव ईश्वरी प्रसाद पोखरेल लगाएतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)