बुटवल,असार २६-
मिर्गौला रोगबाट पीडित एक युवाको उपचारका लागि लायन्स क्लब अफ बुटवल मुक्तिनाथले आर्थिक सहयोग गरेको छ । छत्रदेव गाउपालिका–६,ठुलापोखरा घर भई हाल बुटवल,नयाँगाउमा भाडाको घरमा बस्दै आएका २३ वर्षिय भोजराज पौडेललाई क्लबले बिहीबार घरमै पुगेर ३१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मिर्गौलाको डायलासिस गराउँदै आएका पौडेलले क्लबको सहयोगले आफूलाई केही राहत भएको बताए।
कार्यक्रममा प्रमुख अतिथि लायन्स क्लबअन्तरास्ट्रियका एक्ज्युकेटिभ चिफ अर्जुनमान सैंजुले लायन्स क्लबमा आवद्ध सबैले निस्वार्थ भावले सामाजिक सेवाका क्षेत्रमा सक्दो योगदान गर्नुपर्ने बताए।
प्रमुख अतिथि सैजुले क्लबले ३१ हजार रुपैया सहयोग गरेकोमा धन्यवाद दिदै आफ्नो तर्फवाट पनि पौडेल परिवारलाई थप एक हजार रुपैया सहयोग थप गरेका थिए।फरक प्रसंगमा उनले नया लायन्स क्लबहरु थप्ने भन्दा भएका सदस्यहरुको नेतृत्व बिकाश गरि क्लब हरुलाई सामाजिक काममा थप परिचालित गर्नुपर्नेमा जोड दिए।
डिष्ट्रिक्ट डेपुटी चिफ लक्ष्मण रेग्मी,जोन चेयरपर्सन सुरेशचन्द्र भट्टराई र पुर्व अध्यक्ष रिखिराम भट्टराईले लायन्स क्लब अफ बुटवल मुक्तिनाथले सामाजिक क्षेत्रमा धेरै राम्रा काम गरेको भन्दै सराहना गरेका थिए ।
क्लबका वर्ष २०२१-२२ का अध्यक्ष कृष्ण प्रसाद पाण्डेले क्लबका सदस्यहरुवाट सक्दो रकम संकलन गरि सहयोग गरिएको जानकारी दिए ।
क्लबका प्रथम उपाध्यक्ष कृष्णप्रसाद आचार्यको स्वागत,सचिव दिपेन्द्र पाण्डेको सञ्चालन र अध्यक्ष कृष्णप्रसाद पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)