बुटवल,असार ११-
स्नातक तह प्रथम वर्षको परीक्षा साउन १० गतेदेखि संचालन हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यलयले साउन १० गतेदेखि सञ्चालन गर्नेगरी परीक्षा तालिका सार्वजनिक गरेको हो।
परीक्षार्थीले आफूले छनोट गरेको परीक्षा केन्द्रमा परीक्षा दिन पाउने छन् ।
वार्षिक परीक्षा प्रणाली अन्तर्गत ४-३ वर्षे स्नातकतह प्रथम वर्ष मानविकी, शिक्षाशास्त्र र व्यवस्थापन संकाय एवं विज्ञान तथा प्रविधि अध्ययन संस्थानका नियमित, आंशिक, मौका एवं प्राइभेट (आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा कोभिड-१९ का कारण वैशाख १३ गतेपछिका परीक्षाहरु स्थगित भएका थिए ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)