Logo बिहिवार, आश्विन १ गते २०८३
images

 नियमित रक्तदाता संघद्वारा सैनामैनामा रक्तदान, ७५ युनिट रगत संकलन

 नियमित रक्तदाता संघद्वारा सैनामैनामा रक्तदान, ७५ युनिट रगत संकलन

  • 2.5K
    SHARES

  •  नियमित रक्तदाता संघद्वारा सैनामैनामा रक्तदान, ७५ युनिट रगत संकलन

    बुटवल,जेठ २१- 

    नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले  सैनामैनामा रक्तदान कार्यक्रम गरेको छ । कार्यक्रममा ७५ जनाले रक्तदान गरेका छन् ।

    कोभिड माहामारिमा रगतको अभावमा कसैको पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यका साथ सैनामैना नगरपालिकामा कार्यक्रम गरी रक्तसञ्चार केन्द्र बुटवललाई हस्तान्तरण गरेको नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले नागरिक अनलाइनलाई जानकारी दिए ।

    सैनामैनामा रहेका नेपाल स्काउट ,वडा स्तरीय युथक्लब सैनामैना,सत्य संजालको सहयोगमा रामापुरको सत् चिन्तन भवनमा कार्यक्रम गरिएको हो।
    संघ रुपन्देहीका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले  सेवाभावले संघले गरेका काम सह्रानिय भएको भन्दै निरन्तर साथ र सहयोग गर्ने बताए ।

    कार्यक्रममानेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका महासचिव कृष्ण पगेनी ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी,सचिव महेश खनाल ,सत्य संजालका अध्यक्ष युवराज भुसाल लगायतले बोल्दै रगत व्यवस्थापनमा सस्था सक्रियका साथमा लागि परेको भन्दै  सवैको साथ र सहयोग जरुरी रहेको औल्याएका थिए ।

    भोजराज भण्डारीको स्वागत र सचिव महेश खनालको सन्चालनमा कार्यक्रम भएको हो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology