बुटवल,जेठ १८-
नेपाल नियमित रक्तदाता संघ रूपन्देहीले बुटवलमा रक्तदान कार्यक्रम गरेको छ । कोभिड महामारीमा स्वास्थ्य मापदण्ड अपनाएर आयोजना गरिएको कार्यक्रममा कार्यक्रममा १०७ युनिट रगत संकलन भएको सागर पौडेलले नागरिक अनलाइनलाई बताए ।
महामारीको विषम परिस्थितिमा रगत अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भनेर नियमित तथा आकस्मिक रक्तदान गर्दै आएको संघले रुपन्देही र आसपासका क्षेत्रमा रगतको अभाव हुन नदिन जुनसुकै समयमा पनि रक्तदान गर्न सक्ने गरी व्यवस्थापन गरेको जनाएको छ ।
नेपाल नियमित रक्तदाता संघ केन्द्रिय कमिटीका अध्यक्ष दयाबहादुर सिलवालको अध्यक्षता, नेपाल औषधि व्यवसाय संघ लुम्बिनी प्रदेशका अध्यक्ष शिव ज्ञवालीको प्रमुख आतिथ्यतामा, संघका कानुनी सल्लाहकार दामोदर घिमिरे, सुरेन्द्रकुमार शाक्य, लाइम एण्ड लेमोनका प्रोप्राइटर सागर पौडेल, कोषाध्यक्ष दिपक अधिकारी, राजेश गैरे लगायतले संघको अभियानमा सहयोग गर्न सबैलाई आग्रह गरेका छन् ।
कार्यक्रम संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीको स्वागत, सदस्य असेस सिलवालको संयोजकत्व तथा संस्थाका सचिव महेश खनालकोे संचालनमा सम्पन्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)