बुटवल,जेठ १०-
नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले देवदह १० चरंङेमा रक्तदान कार्यक्रम गरेको छ।
कार्यक्रममा ५१ पिन्ट रगत संकलन भएको छ। नेपाल नियमित रक्तदाता संघ रुपन्देही र चरंङे युवा क्लब को संयुक्त आयोजनामा कार्यक्रम भएको र कोभिडको महामारीमा रगत अभाव हुन नदिन कार्यक्रम गरेको नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारीले नागरिक अनलाइनलाई बताए ।
संघका अध्यक्ष दयाबहादुरको अध्यक्षतामा देवदह नगरपालिका वडा न १० का वडा अध्यक्ष एकबहादुर सुनारको प्रमुख आतिथ्यतामा ,नेपाल नियमित रक्तदाता संघका उपाध्यक्ष लेखनाथ भण्डारी ,चरङे युवा क्लबका अध्यक्ष विश्व प्रसाद,इमान होटलका संचालक इमान सिंह थापा,चरंङे युवा क्लबको अध्यक्ष लगायतले बोलेका थिए ।
कार्यक्रमको संचालन सचिव महेश खनालले गरेका थिए । कार्यक्रमको प्राविधिक सहयोग रक्त सञ्चार केन्द्र बुटवलको गरेको छ।सोही अवसरमा तीन पुस्ते आमा,छोरा र नातिले एकै पटक रक्तदान समेत गरे ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)