बुटवल, जेठ ४-
रूपन्देहीमा पछिल्लोे २४ घण्टामा ५ जना कोराेना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा ३६१ संक्रमित थपिएका छन् ।थप ५ संक्रमितको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ३६७ पुगेको छ ।
रुपन्देहीमा ८८८ जनाको कोरोना परीक्षण गर्दा ३२१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ ।
बुटवल उपमहानगरमा सबैभन्दा धेरै १४१ जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरि तिलोत्तमामा १०३ जना, सिद्धार्थनगरमा ३६ जना, देवदहमा ३३ जना र सैनामैनामा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै कंचन र गैडहवामा २-२ जना ,शुद्धाेधनमा ५ जना, राेहिणी,कोटहीमाई र मायादेवीमा १-१ जनागरी ३ जना संक्रमित थपिएका छन् ।
जिल्लाभरमा ६२४३ जना संक्रिय संक्रमित छन् ।
तथ्यांक स्थानीय तह अन्तर्गत डिटेलमा हेराैँ:

पछिल्लो २४ घण्टामा नेपालमा थप ८२०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै १९६ जनाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ६ हजार ८९१ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ४ लाख ७२ हजार ३५४ पुगेको छ भने निको हुनेको संख्या ३ लाख ५२ हजार ४१४ रहेको छ । यसैगरी पछिल्लो २४ घण्टामा देशभर कोरोना१९६ जनाको संक्रमणबाट मृत्यु रहेको छ । यस्तै देशभर सक्रिय संक्रमितको संख्या १ लाख १४ हजार ५२९ पुगेको छ भने मृतकको कुल संख्या ५४११ पुगेको छ
यसअघि सोमबार देशभर ९ हजार २४७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो भने २१४ जनाको मृत्यु भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)