Logo मंगलवार, श्रावण १२ गते २०८३
images

देवघाट पुलबाट खसेर एक कामदारको मृत्‍यु, ८ जना घाइते

देवघाट पुलबाट खसेर एक कामदारको मृत्‍यु, ८ जना घाइते

  • 3.2K
    SHARES

  • देवघाट पुलबाट खसेर एक कामदारको मृत्‍यु, ८ जना घाइते

    चितवन वैशाख,१२ ।

    भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्ने क्रममा त्रिशूलीमा खसेका मजदूरमध्ये एक जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । सोही क्रममा दुईजना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    प्रहरीका अनुसार मृत्यु हुनेमा भारतको बेतिया जिल्ला घर भएका ४३ वर्षीय विजय यादव रहेका छन् । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जना सामान्य र ६ जना मध्मम रहेका छन् । उनीहरुको पनि चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    बेपत्ता हुनेमा भारतको विहार घर भएका श्याम बाबु पाठक र सुनिल माझी रहेका छन् । उनीहरुको खोजीकार्य भइरहेको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आइतबार बिहान पुलमा फलामको काम गर्दै गर्दा फलामसहित मजदूर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएकाको उद्वार गरिएको उनले जानकारी दिए ।

    निर्माणाधीन सो पुलको केही भाग गत चैत्र २४ गते भाँचिएर नदिमा खसेको थियो । सो स्थानमा १४ जना मजदूरले काम गरिरहेका थिए । भरतपुर महानगरपालिका–१, ठिमुरा र देवघाट गाउँपालिका–५, घिनाटार जोड्ने ८.५ मिटर चौँडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको थियो ।

    रासस

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology