Logo बिहिवार, आश्विन १ गते २०८३
images

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

क्याप्टेन विजय लामालाई कोरोना संक्रमण पुष्टि

  • 2.6K
    SHARES

  • क्याप्टेन विजय लामालाई कोरोना संक्रमण  पुष्टि

    बुटवल भदाै २९- 

    नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्‍याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए । क्याप्टेन लामासँगै ककपिटमा रहेका अर्का क्पाप्टेनसमेत संक्रमित भएका छन् । दुबै जना सोल्टीको आइसोलेसनमा रहेको कम्पनीले जनाएको छ ।

    आइतबार नै रिपोर्ट आउँदा  कोरोना संक्रमण पुष्टि भएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् । क्याप्टेन लामाले  आफूलाई कोरोना संक्रमण भएको सार्वजनिक रुपमा नै बताएका  छन् ।

    उद्धार उडान शुरु भएसँगै नेपाल एयरलाइन्सले आफ्ना कर्मचारीलाई सोल्टीमै क्वारेन्टिनमा राख्दै आएको छ । यसअघि पनि नेपाल एयरलाइन्सका १० भन्दा  धेरै उडान कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology