बुटवल,चैत ४-
रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा ५ मा पुरैनीमा रहेको जनकल्याण युवा क्लब र पुरैनीबजार टोलबिकास संस्थाको आयोजनामा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
रक्तसञ्चार सेवाकेन्द्र बुटबलको प्राविधिक सहयोग रहेको रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको जानकारी आयोजक मध्य जनकल्याण युवा क्लबका अध्यक्ष लाल कुमार थारुले बताउनुभयो ।
स्वतस्फूर्त रुपमा गाउँघरका महिला पुरुषहरुको सक्रिय सहभागीता रहेको रक्तदान कार्यक्रममा बहुसंख्यक महिला रक्तदाताको सहभागीता रहेको थियो ।
जनकल्याण युवा क्लवले बिगत १० बर्षदेखि बार्षिक रुपमा हरेक बर्ष चैत ४ गते रक्तदान कार्यक्रम गर्दै आईरहेको जानकारी पुरैनीबजार टोलबिकास संस्थाका अध्यक्ष किरण प्रसाद थारुले बताउनुभयो।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)