बुटवल,चैत ३-
लाफा समुह बुटवलको आयोजनामा मंगलबार १२ औं रक्तदान कार्यक्रम सम्पन्न भएको छ । जति धेरै रगतदान, त्यति धेरै जीवनदान भन्ने मुल नारा सहित १२ औं पटक रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
समुहले ६-६ महिनाको अन्तरालमा बर्षको २ पटक रक्तदान कार्यक्रम गर्दै आएको छ ।रक्त सञ्चार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा ६० युनिट रगत संकलन भएको कार्यक्रम संयोजक तथा समुहका संरक्षक बासुदेव लामिछानेले जानकारी दिए ।
कार्यक्रमका प्रमुख अतिथि बुटवल उपमहानगरपालिका वडा न ८ का अध्यक्ष भिम बहादुर श्रेष्ठले रगत संकलनको मात्रालाई बढाउनुपर्ने आवश्यकता रहेको भन्दै नियमित रक्तदान गर्नु स्वास्थ्यका लागि समेत फाईदा हुने बताए । उनले लाफा समुहले समाजमा थुपै सामाजिक कामहरु गर्दै आएकोमा प्रशंसा गरे।
कार्यक्रममा लाफा समूहका अध्यक्ष तारा सिंह रेश्मीको अध्यक्षता, सदस्य पदम रानाको स्वागत मन्तव्य रहेकोे कार्यक्रमको सञ्चालन सहसचिव खिम सिंजालीले गरेका थिए । समुहले केही दिन अगाडी मात्रै एक जना ७ वर्षिया ब्लड क्यान्सर पिडित र ३० बर्षिय मृगौला पिडितको लागी ५८ हजार ४० रुपैंया आर्थिक सहयोग गरेको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)