Logo मंगलवार, श्रावण १२ गते २०८३
images

पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्च बुटवलद्वारा पाल्पाको रिब्दिकोटमा भाँडा बितरण

पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्च बुटवलद्वारा पाल्पाको रिब्दिकोटमा भाँडा बितरण

  • 4.6K
    SHARES

  • पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्च बुटवलद्वारा पाल्पाको रिब्दिकोटमा भाँडा बितरण

    बुटवल,फागुन २९ -

    पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्च बुटवलले पाल्पामा भाँडा बितरण गरेको छ ।पाल्पाको रिब्दिकोट ३ मा पुगेर मञ्चले गाँउ समाजमा सामाजिक काम  बिबाह ब्रतबन्ध पूजा आजा लगायतमा प्रयोग गरिने भाँडा बितरण गरेको हो ।

    मञ्चले स्थानिय नवकिरण बालक्लवसंगको सहकार्यमा डेक्ची,थाल,गिलास,कचाैरा,डाडु, पनियाे ,झाँझर लगायतका भाँडा बितरण गरेको जनाएको छ । करिब ३० हजार बराबरको भाँडा बितरण गरिएको मञ्चले जनाएको छ ।

    सो अवसरमा बोल्दै पाल्पा माल्मुल रुपन्देही सम्पर्क मञ्च बुटवलका अध्यक्ष सुनिल कुवरले गाँउमा सहयोग गर्न पाउँदा खुुसी लागेको बताए । उनले सधै यस्तै खालका नयाँनयाँ काम गर्ने समेत जानकारी दिए ।sunil kuwar.jpg

     सामाजिक कामलाइ निरन्तरता दिएको सभापति सुनिल कुवरले नागरिक अनलाइनलाइ जानकारी दिए ।सो अवसरमा सचिब राजु कुवर,सदस्य कपिल कुवर,बाल क्लवका अधयक्षासुस्मा खनाल,समाजसेवी जगत कार्की,टीकाराम भट्टराई,उपाध्यक्ष राजेन्द्र थापा,सहसचिब दिपेन्द्र खड्का,कोषाध्यक्ष सरोज थापा लगायतले बोलेका थिए  ।

    सम्पर्क मञ्चले यसअघि सांस्कृतिक कार्यक्रम,रक्तदान,आर्थिक सहयोग लगायत छन्  ।vada.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology