Logo मंगलवार, श्रावण १२ गते २०८३
images

भूपू सैनिक बहुउद्धेश्यीय सहकारीले गर्याे रक्तदान,६१ युनिट रगत संकलन

भूपू सैनिक बहुउद्धेश्यीय सहकारीले गर्याे रक्तदान,६१ युनिट रगत संकलन

  • 1.9K
    SHARES

  • भूपू सैनिक बहुउद्धेश्यीय सहकारीले गर्याे रक्तदान,६१ युनिट रगत संकलन

    बुटवल,फागुन १४ ।

    भूपू सैनिक बहुउद्धेश्यीय सहकारी सस्था तिलोत्तमा १ डाईभरटोलले रक्तदान कार्यक्रम गरेको छ  । 

    लाहुरे जीवनबाट रिटायरभएका रुपन्देहीका जिल्लाभित्रका भूपू पेन्सनरहरुले आफ्नै सहकारी खोलेर  परीवारलाई स्वरोजगार बनाउने र  बिभिन्न सिपमुलक तालीम तथा आयमुलक कार्यक्रम चलाइरहेका छन् ।

    रक्तदान कार्यक्रम्मा बोल्दै सस्थाका सल्लाकार तथा मेजर जेबि खडकाले  भुपुहरुले  सहकारी मार्फत सामाजिक काम गर्दै आएको बताए ।  समाजलाई सुन्दर हराभरा बनाउन समय समयमा जनचेतना मुलक कार्यक्रम समेत गरेको बताए ।

    पैसा जम्मा गर्ने मात्र नभै सामाजिक कार्यमा समेत भुपुहरुको भुमिका  रहेको सहकारीका अध्यक्ष सु मेजर राजकुमार केसीले बताए।

    कार्यक्रममा सस्थाका  सचिब क्यापटेन कृष्ण बहादुर अधिकारी  लगायतले बोलेका थिए  । रक्तदान कार्यक्रममा ६१ युनिट रगत सँकलन भएको कार्यक्रम संयोजक तथा संस्थाका  कोषाध्यक्ष  क्याप्टेन भिम बहादुर भन्डारीले बताए  ।

    सहकारीले मैनबत्ती बनाउने, सेनेटरी प्याड बनाउने जस्ता तालीमहरु समेत सन्चालन गदै आएको अध्यक्ष केसीले बताए  ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology