बटवल,जेठ १६ ।
बाणगंगा नगरपालिकामा नियोन मल्टीस्पेसियलिटी बुटवलको निःशुल्क स्वास्थ्य शिविर॥
स्वास्थ्य सचेतना जगाउने उदेश्यका साथ बुटवलमा स्थापना भएको एक अत्याधुनिक स्वास्थ्य संस्था नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रा लि बुटवलले निशुल्क स्वास्थ्य शिविर गरेको छ । नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रालिको सहयोगमा बाणगंगा नगरपालिका वडा न ६ र खैरेनीचौर सामुदायिक वन उपभोक्ता समुहको आयोजनामा शनिवार बाणगंगा नगरपालिका वडा नं ६ खुटेनीमा वृहत विशेषज्ञसहितको निशुल्क स्वास्थ्य जाँच तथा उपचार शिविर सम्पन्न गरेको हो ।
सामाजिक उत्तरदायित्व र समुदायका मानिसहरुमा स्वास्थ्य सचेतनाको लागी संस्थाबाट शिविर आयोजना गरिएको प्रालिका संचालक महेश पौडेलले बताए । खैरेनीचौर सामुदायिक वन उपभोक्ता समुहको कार्यालयमा गरिएको शिविरमा ४५० बढी बिरामीहरुको स्वास्थ्य परिक्षण, औषधी वितरण सुगर जाच तथा परामर्श दिईएको संस्था सञ्चालक दिपु केसीले बताए ।
शिविरमा जनरल फिजिसियन सेवा, नाक कान घाटी विशेषज्ञ सेवा, हाडजोर्नी तथा नसारोग विशेषज्ञ सेवा, मधुमेह (सुगर) जाँच, मानसिक तथा नसारोग सेवा, मुटुरोग तथा ईसिजि जाँच, भिडियो एक्स–रे (अल्ट्रासाउण्ड), छाला रोग जाँच, साथै स्त्री तथा महिला रोग सम्बन्धी जाँच र महिलाको पाठेघर स्क्रिनिङ सेवा प्रदान गरिएको के सी ले बताए ।
बाणगंगा नगरपालिका वड़ा न ६ का अध्यक्ष करुण टन्डनले वडाबासी नागरीकलाई आफ्नो स्वास्थ्य प्रति जिम्मेवार र सचेत बनाउन शिविर आयोजना गरेको बताए।
बाणगंगा नगरपालिकाका संस्था शाखा प्रमुख ठगराज पौडेलले निजि संस्थाहरुले नगरपालिकासंग समन्वय गरेर गरिने यस्ता खालका निशुल्क स्वास्थ्य शीविरले नागरीकका लुकेका बास्तविक स्वास्थ्य समस्या पहिचान हुने र समयमै उपचारको माध्यमबाट त्यसको निराकरण गर्न सहयोग गर्ने बताए।
सामुदायिक बन समितिकी अध्यक्ष मन्जु महत्राले कुनै स्वास्थ्य समस्या देखिएमा त्यसको पहिचान गरी पहिलो चरणमा नै उपचार गर्न अस्पताल पुग्न जरुरी हुने बारेमा स्थानियहरुमा चेतना फैलाउ सिविर आयोजना गरेको बताईन ।
शिविरमा उपचारमा आएको महिलामा पाठेघरको समस्या र हातखुट्टा घोड़ा दुख्ने नशा तथा मनोरोगका विरामीको संख्या अत्याधिक रहेको अर्का सञ्चालक भानु पोख्रेलले बताए ।
शिविरमा जनरल सर्जन डाक्टर नविन श्रेष्ठ, जनरल फिजिसियन डाक्टर प्रकाश भट्टराई, नाक कान घाटी रोग विशेषज्ञ डाक्टर सन्तोष बस्नेत, नशा तथा मनोरोग विशेषज्ञ डाक्टर सजिता पौडेल, महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर विपिन जैसवाल, हार्डजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर हिरामणी पौडेल रेडियोलोजिस्ट डाक्टर विकाश शर्मा मेडीकल अफिस डाक्टर श्रीराम पन्थी मेडीकल अफिसर डाक्टर गोकुल पौडेलले चेकजाच तथा परार्मश प्रदान गर्नुभएको थियो भने नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रा लीको २० जना स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो॥
नियोन मल्टीस्पेसियलिटी सेन्टर प्रा ली बुटवलले आफ्नो स्थापनको छोटो समयमा नै धेरैको मनजित्न सफल भएको छ भने उसले मासिक रुपमै यस्ताखालका शिविर आयोजना गरि सेवा प्रदान गरिरहेको छ॥
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)