बुटवल,जेठ ६।
लायन्स क्लब अफ बुटवल खस्यौलीको वर्ष २०२६/०२७ को लागि नयाँ नेतृत्व चयन भएको छ । आज सम्पन्न १७ औ अधिवेशनबाट सुमन रश्मी श्रेष्ठ अध्यक्षमा चयन भएका हुन् ।
कार्यसमितिको प्रथम उपाध्यक्षमा सन्तोष नेपाल, द्वितीय उपाध्यक्षमा लायन महेश पौडेल क्षेत्री तथा तृतीय उपाध्यक्षमा कृष्ण श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै सचिवमा रेशम न्यौपाने, कोषाध्यक्षमा प्रदीप ढकाल, एलसीएफ कोअर्डिनेटरमा सन्दीप पौडेल, मेम्बरसिप चेयरम्यानमा राजन पाठक, पीआरओमा ओसिन श्रेष्ठ तथा सर्भिस चेयरम्यानमा तारा पुरी चयन भएको निर्वाचन आयुक्त राजु खत्रीले जानकारी दिए ।
कार्यक्रममा क्लबका सस्थापक अध्यक्ष मुक्ती प्रसाद श्रेष्ठ, पुर्व अध्यक्ष बाबुराम बोहोरा, गोपाल पाण्डे र बिष्णु उपाध्यायलगायतले शुभकामना मन्तव्य दिएका थिए ।
नवनिर्वाचित अध्यक्ष श्रेष्ठले सामाजिक सेवामूलक कार्यलाई अझ प्रभावकारी बनाउँदै क्लबलाई सक्रिय रूपमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै, क्लबले आगामी दिनमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)