Logo मंगलवार, श्रावण १२ गते २०८३
images

जयसवाल सेवा समिति सिद्धार्थनगरद्वारा रक्तदान

जयसवाल सेवा समिति सिद्धार्थनगरद्वारा रक्तदान

  • 435
    SHARES

  • जयसवाल सेवा समिति सिद्धार्थनगरद्वारा रक्तदान

    भैरहवा,पुस ६।

    जयसवाल सेवा समिति सिद्धार्थनगर–६, भैरहवा, रुपन्देहीले रक्तदान कार्यक्रम गरेको छ । जयसवाल महिला सेवा समिति र जयसवाल युवा कमिटीको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीको प्राविधिक सहयोगमा कार्यक्रम भएको कार्यक्रम संयोजक तथा जयसवाल युवा कमिटीका वरिष्ठ उपाध्यक्ष सुमित जयसवालले बताउनुभयो ।

    सिद्धार्थनगर–४ स्थित जयसवाल सेवा समितिको भवनमा आयोजित कार्यक्रममा ३१ युनिट रगत संकलन भएको जयसवाल युवा कमिटीका अध्यक्ष शिवम जयसवालले जानकारी दिनुभयो । रगतको अभाव हुन नदिन सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।

    कार्यक्रमको प्रमुख अतिथि जनरल फिजिसियन तथा युनिभर्सल कलेज अफ मेडिकल साईन्सेज शिक्षण अस्पताल भैरहवाका एशोशियट प्रोफेसर डा. निरज कुमार जयसवालले उद्घाटन गर्नुभएको थियो ।

    जयसवाल महिला सेवा समितिका अध्यक्ष पुनम जयसवालको अध्यक्षता, जयसवाल सेवा समितिका महासचिव अर्जुन प्रसाद जयसवालको स्वागत तथा जयसवाल युवा कमिटीका उपाध्यक्ष सन्नी जयसवालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology