बुटवल,मंसिर १५ ।
हिमालयन एभरेष्ट इन्स्योरेन्सको ३२ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । इन्स्योरेन्सको बुटवल चौराहामा रहेको प्रदेश कार्यालयमा रक्तदान कार्यक्रम गरिएको प्रदेश प्रमुख शंकर श्रेष्ठले बताए । श्रेष्ठले नवीनता, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा ध्यान दिँदै आएको बताए ।
वार्षिकोत्सवको अवसरमा इन्स्योरेन्सले आगामी वर्षहरूमा थप नयाँ प्रविधिले बीमा सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने योजना बनाएको बताए ।
प्रदेश कार्यालयका मेन्टर सुरेश ज्ञवालीले आज देशैभर एकसाथ रक्तदान कार्यक्रम गरिएको जानकारी दिए ।
रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा नियमित तथा पहिलोपटकका रक्तदाताबाट समेत गरेर ६० युनिट रगत संकलन भएको छ ।


नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)