Logo बिहिवार, कार्तिक २० गते २०८३
images
images

राष्ट्रिय परोपकार महासंघ मुक्तिनाथ इकाइद्वारा ३० जना जेष्ठ नागरिक सम्मान

राष्ट्रिय परोपकार महासंघ मुक्तिनाथ इकाइद्वारा ३० जना जेष्ठ नागरिक सम्मान

  • 1.0K
    SHARES

  • राष्ट्रिय परोपकार महासंघ  मुक्तिनाथ इकाइद्वारा ३० जना जेष्ठ नागरिक सम्मान

    बुटवल,म‌ंसिर १० ।

    राष्ट्रिय परोपकार महासंघ नेपाल मुक्तिनाथ इकाइ समिति बुटवल १२ नयांगाउंको आठौं साधारणसभा तथा पांचौं अधिवेशन सम्पन्न भएको छ ।

    कार्यक्रममा सो क्षेत्रका ८० बर्षभन्दा माथिका ३० जना जेष्ठ नागरिकलाइ सम्मान गरिएको छ । उहाँहरुलाइ रामनामी,रुद्राक्षको माला,बिस्कुट तथा हर्लिक्स दिएर सम्मान गरिएको हो । समितिका अध्यक्ष घनश्याम भण्डारीले बार्षिक प्रतिवेदन पेश गर्दै संस्थाका नियमित कामसाथै समाजसेवा गरेर ३ बर्षको कार्यकाल बिताएको बताउनुभयो ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि बुटवल वडा न १२ का वडाध्यक्ष डिल्लिप्रसाद शर्मा आचार्यले समाजले परोपकारी काम गरेर समाजका पहिचान स्थापित गरेको बताउनुभयो ।केन्द्रिय सदस्य तुल्सीराम भण्डारीले दाताहरुबाट मुठी दान,गौ आहार,आर्थिक संकलन गरेर परोपकारी काम गरेकोमा इकाइलाइ धन्यबाद दिदै केन्द्रिय समितिका तर्फबाट सबैप्रकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउनुभयो । IMG_0656.jpeg

    मुक्तिनाथधाममा भएको कार्यक्रममा राष्ट्रिय परोपकार महासंघ नेपाल जिल्ला अध्यक्ष शान्ति अधिकारी ,पुर्व अध्यक्ष डिल्ली शर्मा भण्डारी,केन्द्रिय सल्लाहकार दयाराम न्यौपाने अर्का सल्लाहकार कृष्ण तिवारी लगायतले बोल्नुभएको थियो । अध्यक्ष घनश्याम भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष चोपकला पौडेल र संचालन सचिव राधिका भुसालले गर्नुभएको थियो । सम्पन्न अधिवेशनले पुनः घनश्याम भण्डारीको अध्यक्षतामा नेतृत्व चयन गरेको छ । उपाध्यक्षमा चोपकला पौडेल,सचिवमा राधा घिमिरे,कोषाध्यक्षमा कृष्ण प्रसाद पौडेल लगायत चयन हुनुभएको छ  । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology