Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवीन औद्योगिक कदर बहादुर रीता माविमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

नवीन औद्योगिक कदर बहादुर रीता माविमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

  • 1.6K
    SHARES

  • नवीन औद्योगिक कदर बहादुर रीता माविमा नतिजा प्रकाशन तथा पुरस्कार वितरण

    बुटवल,कार्तिक २१। 

    बुटवलको नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालयमा कक्षा १२ को प्रथम त्रैमासिक परीक्षाको नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।उक्त अवसरमा राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालय बुटवलका कार्यालय प्रमुख सहसचिव रमाकान्त तिवारीले उत्कृष्ट नतिजा प्राप्त गर्ने सबै विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिँदै राष्ट्रकै सर्वश्रेष्ठ विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त भएकोमा विद्यार्थीले गौरव गर्नु पर्ने धारण राख्नुभयो ।

     विद्यालयबाट उत्पादित विद्यार्थीहरु विभिन्न विधामा अब्बल भएकोले देशका उत्कृष्ट पदहरूमा जान सक्ने बताउनु भयो ।शिक्षा विकास तथा समन्वय इकाई रुपन्देहीका शाखा अधिकृत अमर केसीले विद्यार्थीहरूमा विभिन्न क्षमता हुने हुँदा विद्यार्थीहरूको पढाइलाई मात्र मापन गर्न नहुने र विद्यार्थीहरूमा भएका विधाहरूलाई अब्बल बनाउने तर्फ लाग्न सुझाव दिनभयो ।   । उहाँले  कक्षा १२ को वोर्ड परीक्षामा सफल हुन अवलम्बन गर्नु पर्ने रणनीतिहरू बताउनु भयो ।

    बुटवल उपमहानगरपालिका वडा नं ११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र क्षेत्रीको अध्यक्षतामा व्यवस्थापन समूह कक्षा ११ की छात्रा सुबेक्षा शाक्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक प्रेम बहादुर बस्नेतले विद्यालयका असल शैक्षिक अभ्यास, उपलब्धि, सबल पक्ष र चुनौती लगायतका विषयमा सहजीकरण गर्नु भएको थियो ।

    विद्यालयमा कक्षा १२ व्यवस्थापन, सिभिल इन्जिनियरिङ, विज्ञान, कानुन र शिक्षा समूहमा अध्ययनरत उत्कृष्ट नतिजा प्राप्त गर्ने र कक्षागत रूपमा प्रथम, द्वितीय र तृतीय भएका २३ सेक्सनका विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।

    कार्यक्रममा विद्यालयका सहायक प्रधानाध्यापक अर्जुन खनाल, सहायक प्रधानाध्यापक तथा शिक्षा समूह इन्चार्ज रोमनाथ घिमिरे,पत्रकार कपिल ज्ञवाली, व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, व्यवस्थापन समूह कक्षा १२ का इन्चार्ज केशवराज पन्थ, कानुन समूह इन्चार्ज अधिवक्ता लोक प्रसाद खरेल, कानुन समूहकी शिक्षक अधिवक्ता निशा खरेल, इसीए इन्चार्ज नेत्र खरेल, जुनियर इन्जिनियर विशाल रावत र विद्यालय कर्मचारी परिषद् बुटवलका अध्यक्ष देवराज चौधरी लगायतले सहजीकरण गर्नु भएको थियो ।

    IMG_9477.jpeg

     



     

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology