Logo बिहिवार, आश्विन १ गते २०८३
images

मोहन वैद्यले नेतृत्व छोडे,‍ सीपी गजुरेललाई महासचिवको जिम्मा

मोहन वैद्यले नेतृत्व छोडे,‍ सीपी गजुरेललाई महासचिवको जिम्मा

  • 735
    SHARES

  • मोहन वैद्यले नेतृत्व छोडे,‍ सीपी गजुरेललाई महासचिवको जिम्मा

    काठमाडौँ,कात्तिक २ ।

    क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्य ‘किरण’ले पदबाट राजीनामा दिएका छन् ।शनिबार राति अबेर सकिएको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले किरणले दिएको राजीनामा स्वीकृत गरेको नेता हुकुम सिंहले जानकारी दिए ।

    स्वास्थ्यका कारण देखाउँदै महासचिव वैद्यले राजीनामा दिएको उनको भनाइ छ । नयाँ महासचिवमा वरिष्ठ नेता चन्द्रप्रकाश (सीपी) गजुरेललाई नियुक्त गरिएको छ । ‘किरणले शारिरक रूपमा काम गर्न नसक्ने भर्चुअल मार्फत् जानकारी गराउनुभयो । महासचिवमा वरिष्ठ नेता सीपी गजुरेललाई नियुक्त गरिएको छ’, सिंहले भने ।

    किरण गत वर्ष मंसिर २३ गते कीर्तिपुरमा सम्पन्न महाधिवेशनबाट सर्वसम्मत महासचिव नियुक्त भएका थिए । लाम समय निमोनिया र दमबाट पीडित किरण जेठदेखि पटक पटक अस्पताल भर्ना भएका थिए । किरणको अनुपस्थितमा गजुरेलले कार्यवाहक महासचिवको भूमिका निर्वाह गर्दै आएका थिए । किरणको आगामी भूमिका पार्टीको संरक्षक, वैचारिक तथा सैद्धान्तिक रूपमा रहने सिंहले बताए । 

    यस्तै बैठकले स्थायी समिति सदस्यमा परी थापा र सिताराम तामाङलाई नियुक्त गरेको छ ।  

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology