Logo बिहिवार, आश्विन १ गते २०८३
images

नवीन औद्योगिक कदर बहादुर रीता माविमा एचएमका विद्यार्थीलाई अभिमुखीकरण

नवीन औद्योगिक कदर बहादुर रीता माविमा एचएमका विद्यार्थीलाई अभिमुखीकरण

  • 1.1K
    SHARES

  • नवीन औद्योगिक कदर बहादुर रीता माविमा एचएमका विद्यार्थीलाई अभिमुखीकरण

    बुटवल,साउन ५ ।

    नवीन औद्योगिक कदर बहादुर रीता माध्यमिक विद्यालय, देवीनगरमा कक्षा ११ व्यवस्थापन समूहअन्तर्गत होटल व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीहरूको अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न भएको छ।

    कार्यक्रमका प्रमुख अतिथि तथा बुटवल उपमहानगरपालिका–११ का वडा अध्यक्ष एवं विद्यालयका संरक्षक रामचन्द्र खनाल क्षेत्रीले विद्यार्थीलाई घोकेर होइन, बुझेको पढाइ दिगो हुने उल्लेख गर्दै, कक्षा कोठामा तन, मन र ध्यान केन्द्रित गरी अध्ययन गर्न आग्रह गरे।“प्रतिस्पर्धाको युगमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष जनशक्ति आवश्यक छ,” उनले भने, “विद्यार्थीहरू श्रम बजारमा बिक्ने व्यवहारिक सीपसहितको अध्ययनमा लाग्नुपर्छ ।”

    सहजकर्ता तथा होटल व्यवस्थापनका अनुभवी प्रशिक्षक दिवाकर प्रधानले होटल व्यवस्थापन क्षेत्रमा माग, अवसर र आकर्षण बढ्दै गइरहेको उल्लेख गर्दै, “थ्योरीभन्दा पनि व्यवहारिक पक्षलाई आत्मसात् गर्न जरुरी छ,” भन्दै प्रयोगात्मक अभ्यासमा ध्यान दिनुपर्ने बताए।

    विद्यालयका प्रधानाध्यापक प्रेमबहादुर बस्नेतले विद्यार्थीको लक्ष्य स्पष्ट हुनुपर्ने उल्लेख गर्दै भने, “होटल व्यवस्थापनजस्ता व्यावसायिक विषयमा अध्ययनरत विद्यार्थीहरूले सीप र संस्कार दुवै बोकेर अगाडि बढ्नुपर्छ।”

    उनले विद्यालयले गुणस्तरीय शिक्षा, अनुशासन र प्रयोगात्मक अभ्यासमा केन्द्रित रहेर शिक्षण प्रक्रिया अघि बढाइरहेको जानकारी गराए ।

    त्यसैगरी, सहायक प्रधानाध्यापक अर्जुन खनालले विद्यार्थीहरूलाई विद्यालयले लागू गरेको आचारसंहिता २०८२ का मुख्य बुँदाहरूबारे विस्तृत रूपमा सहजीकरण गर्दै भने, “आफ्ना कर्तव्यप्रति इमानदार र अनुशासित विद्यार्थी नै भविष्यमा जिम्मेवार नागरिक बन्न सक्छन्।” उनले अनुशासनलाई पढाइको मेरुदण्डका रूपमा व्याख्या गरे।

    कार्यक्रममा व्यवस्थापन समूह कक्षा ११ का इन्चार्ज जयराम पन्थी, होटल व्यवस्थापन संयोजक आशिष के।सी। लगायतले पनि मन्तव्य राखेका थिए। कार्यक्रमको सञ्चालन व्यवस्थापन समूह कक्षा १२ की विद्यार्थी रक्षा भट्टराईले गरेकी थिइन्।

    सांस्कृतिक संयोजक अर्जुन शाह ठकुरीको नेतृत्वमा विद्यार्थीहरूले प्रस्तुत गरेका नृत्य, गीत तथा मनोरञ्जनात्मक कार्यक्रमले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology