Logo बुधवार, श्रावण १३ गते २०८३
images

भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

  • 927
    SHARES

  • भक्तपुर पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित

    भक्तपुर,असार २९ ।

    भक्तपुर जिल्ला पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषित भएको छ । शनिबार भक्तपुरमा आयोजित कार्यक्रममा भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

    बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भक्तपुर जिल्लालाई पूर्ण खोप सुनिश्चित तथा दिगोपनाको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले खोपले बाल र मातृ शिशु मृत्युदर घटेको बताउनुभयो । भक्तपुर जिल्लामा ३८ वडामै स्वास्थ्यका कार्यक्रम लागु भएको जानकारी दिँदै उहाँले अब भक्तपुरलाई स्वास्थ्यको ‘हब’ बनाइने जानकारी दिनुभयो । 

    स्वास्थ्य सेवा विभाग, खोप शाखा प्रमुख डा. अभियान गौतमले हाल सरकारले १४ रोगविरुद्ध ११ खोप दिइरहेको जानकारी दिँदै नेपालमा खोपमा धेरै काम भएको बताउनुभयो ।

    नेपालमा विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको खोप मात्र लगाउने गरेको बताउँदै उहाँले खोपमा हालैसम्मको उच्च ‘कभरेज’ यो वर्ष देखिएको बताउनुभयो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology