Logo बिहिवार, आश्विन १ गते २०८३
images

सहिद दिवसमा तिनाउ सोसियल ग्रुपको रक्तदान

सहिद दिवसमा तिनाउ सोसियल ग्रुपको रक्तदान

  • 2.6K
    SHARES

  • सहिद दिवसमा तिनाउ सोसियल ग्रुपको रक्तदान

    बुटवल,माघ १६-

    तिनाउ सोसियल ग्रुप बुटवलले रक्तदान कार्यक्रम गरेको छ । सहिद दिवसको अवसर पारेर समुहले शुक्रबार प्रथम रक्तदान कार्यक्रम २०७७ आयोजना गरेको हो ।

    कार्यक्रमको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदासले उद्घाटन गर्दै सामाजिक कार्यसंगै युवाहरुलाई क्षमता विकास गरि अलग चिनारी बनाउन सुझाव दिए ।हरेक संस्थाले आफ्नो कार्य अन्तरगत रक्तदान अनिवार्य गर्नु उदाहरणीय कार्य भएको बताए । 

    यसैगरि कार्यक्रममा नियमित रक्तदानमा सहभागी भएर ६० पटक भन्दा बढि रक्तदान गर्नुभएकी बुटवलकी रुपकेशरी बज्राचार्यलाई 
    सोसाइटी रुपन्देहीका सभापति प्रेमलाल उदास, क्लबका अध्यक्ष श्याम थापा, सचिव मीन सेन्चुरीले सम्मान गरेका थिए ।

    नेपाल रेडक्रस सोसाईटी रक्तसंचार केन्द्र बुटवलको प्राविधिक सहयोगमा भएको कार्यक्रममा २५ युनिट रगत संकलन भएको संयोजक अशोक राईले बताए । यसैगरि समुहको नया टिसर्ट लन्च समेत गरिएको छ ।कोभिड १९ को महामारीको अवस्थामा सहयोग जुटाउन उठेको युवाहरुको समूह अहिले सामाजिक कार्यमा लागेका छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology