बुटवल,असार ३ ।
बुटवल–१५ ढवाहामा रहेको वेस्टर्न मेगा कलेज बुटवलमा रक्तदान कार्यक्रम भएको छ ।कलेजले ‘रक्तदान जीवनदान, महादान’ भन्ने मुल नाराका साथमा मंगलबार रक्तदान कार्यकम गरेको हो ।
गर्मीमौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशमरमा उच्च रगतको अभाव भएकोअवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरेको कलेजले जनाएको छ ।
कलेजले समाजिक उत्तरदायित्व वहन कार्यक्रम अनुसार विद्यार्थीको पठन–पाठन सहित समाजिक उत्तरदायित्वकार्यक्रम अन्तरगत शिक्षक, कर्मचारी, विद्यार्थीहरुको सहभागितामा रक्तदान लगायतका कार्यक्रम गरिएको कलेजकाप्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिनुभयो ।
उक्त रक्तदान कार्यक्रममा वेस्टर्न कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारी सहित ६१ युनिट रगत संकलनभएको प्राचार्य शर्माले बताउनुभयो । कार्यक्रममा आरम्भ ग्रुप अफ हस्पिटालिटी प्रालिका अध्यक्ष मेघनाथ पन्थ, शिक्षकतथा कर्मचारी लगायतको सहभागिता रहेको थियो ।
रक्तदान कार्यक्रम कलेजका महिला शिक्षक कल्पना न्यौपाने रउषा खरेलको संयोजनमा भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)