बुटवल,असार २ ।
विश्व रक्तदाता दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देही र नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएकोछ।
बुटवल स्थित ब्लड बैंकमा आयोजना गरिएको कार्यक्रममा ४६ जनाले रक्तदान गरेकाछन् । कार्यक्रममा स्वयंसेवी रक्तदाता सहकारीले सहकार्य गरेको थियो।
मानवअधिकार तथा शान्ति समाज रुपन्देही सभापति अर्जुन ज्ञवालीले उच्चतम मानवीय कार्य रक्तदानमा निरन्तर सन्लग्न रक्तदाताहरु सदैव आदरणीय र सम्मानित भएको उल्लेख्य गर्दै उदाहरणीय कार्यको अनुसरण गरेर रक्त अभावलाइ सधैको लागि हटाउनपर्नेमा जोड दिनुभयो । उहाँले मानवअधिकारको पहिलो शर्त मानिस स्वस्थ भएर बाच्न्न पाउने अधिकार सुरक्षीतको लागि रगत प्रयाप्त र निशुल्क हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौवान क्षेत्रीले विश्व रक्तदाता दिवस सम्पूर्ण रक्तदाताहरुको उत्साह दिन भएको बताउदै यस वर्ष २०२५ को नारा “न्ष्खभ दयियम,नष्खभ जयउभ(तयनभतजभच धभ कबखभ ष्खिभक।”अर्थात रगत दिऔ,आशा जगाऔस्सबै मिलेर जीवन जोगाऔ। तय गरिएको छ । यस नाराको अर्थ रक्तदान कार्यमा ऐक्यबद्धता जनाऔं । जीवन बचाउने अभियानमा सहभागी बनौं भन्ने रहेको छ र रगतको विकल्प रगत नै हो भएको उल्लेख गर्नुभयो। उहाले रक्तदाताहरुको सहभागीमा स्थापना भएको स्वयंसेवी रक्तदाता सहकारीको सदस्यता लिन पनि सबैलाई आग्रह गर्नुभयो
कार्यक्रम संयोजक तुल्सा न्यौपानेले रक्तदान दिने सबैलाई आभार व्यक्त गर्दै महान कार्यमा सबैको सहकार्यले उर्जा मिलेको बताउदै रगत अभाव हुन नदिन आगामी दिनमा निरन्तर सहकार्यमा रक्तदानका कार्यक्रम संचालन गर्न सकिने उल्लेख गर्नु भयो ।
रक्तदाता समाज रुपन्देही अध्यक्ष कृष्ण चौवान र शान्ति समाज रुपन्देहीका सभापति अर्जुन ज्ञवालीले कार्यक्रमको पहिलो रक्तदाता शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईलाइ रगत संकलनको पोलिथिन ब्याग तथा रक्तदानको प्राबिधिक सामग्री हस्तान्तरण गरेर कार्यक्रम उद्घाटन गर्नुभएको थियो ।
रक्तदाता शान्ति समाज रुपन्देहीका निवर्तमान सभापति कृष्ण भट्टराईले विश्व रक्तदाता दिवसको अवसरमा रक्तदान गर्न पाउदा खुशी व्यक्त गर्दै कार्यक्रम आयोजना गरेकोमा शान्ति समाज रुपन्देही र रक्तदाता समाज रुपन्देहीलाइ कृतज्ञता व्यक्त गर्नुभयो।
शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण पाण्डे, केन्द्रिय सदस्य रत्ना कंडेल, सदस्य सागर भुसाल, रक्तदाताहरु, समाजसेवीहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन शान्ति समाज रुपन्देही सचिव लिलाधर लुइँटेलले गर्नुभएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)