Logo बुधवार, कार्तिक १९ गते २०८३
images
images

एनसेल फाउण्डेसनद्वारा कपिलबस्तुमा २६० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

एनसेल फाउण्डेसनद्वारा कपिलबस्तुमा २६० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

  • 1.5K
    SHARES

  • एनसेल फाउण्डेसनद्वारा कपिलबस्तुमा २६० बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण

    कपिलवस्तु,  चैत्र ५ ।

    एनसेल फाउण्डेसनले कपिलवस्तु नगरपालिका वडा नं. १० बिकुली स्थित श्री राष्ट्रिय माध्यमिक बिद्यालयमा २ सय ६० बिद्यार्थीलाई झोला सहितको शैक्षिक सामाग्री बितरण गरेको छ ।

    बिद्यालयमा आयोजित कार्यक्रममा श्री राष्ट्रिय माध्यमिक बिद्यालयका २ सय र सोहि वडाको बिर्तामा रहेको मदरसा बहरुल उलुमका ६० गरि कक्षा १ देखी ५ सम्म अध्ययनरत २ सय ६० बिद्यार्थीलाई झोला सहितको स्टेश्नरी सामाग्री बितरण गरिएको हो ।

    एनपीएल खेलका क्रममा एनसेल फाउण्डेसनले प्रत्यक चौका बराबर ४ वटा झोला सहितको स्टेश्नरी सामाग्री बिद्यालयमा बितरण गर्ने घोषणा अनुसार कार्यक्रममा सहभागी नेपाल क्रिकेट संघका सचिव पारस खड्का, एनसेल फाउण्डेसनका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ, फाउण्डेसनकी निर्देशक बिशाखा लक्ष्मी खड्का, लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसी र फाउण्डेसनका एक्सपर्ट रमेश श्रेष्ठ सहितको टोलीले बिद्यार्थीलाई सो सामाग्री हस्तान्तरण गरेको हो ।

    एनसेल फाउण्डेसनले बिद्यालयमा झोला सहितका शैक्षिक सामाग्री बाड्न थालेको सुचनाका आधारमा दिईएको अनलाईन आवेदनका क्रममा आफ्नो बिद्यालयका बिद्यार्थीलाई सो सामाग्री बाडिएकोमा खुसी लागेको श्री राष्ट्रिय माध्यमिक बिद्यालयका प्रधानाध्यापक रामहेतु चौधरीले बताउनु भयो ।  

    एनसेल फाउण्डेशनले बालबालिकालाई सामाजिक दायित्व पुरा गर्ने उद्धेश्यले झोला सहितको शैक्षिक सामाग्री दिएर खुसी छर्ने काम गरेको नेपाल क्रिकेट संघका सचिव पारस खड्काले बताउनुभयो ।

     एनपिएल लिगमा गरिएको घोषणा अनुसार लुम्बिनी प्रदेशमा दोस्रो पटक सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई झोला सहितको शैक्षिक सामाग्री बितरण गर्न थालेको फाउण्डेसनकी निर्देशक बिशाखा लक्ष्मी खड्काले जानकारी दिनु भयो । 

     एनपिएल खेलका क्रममा खेल अबधीभर लागेको ६ सय ५३ चौकालाई प्रति चौका ४ झोला गणना गरेर देशका सातै प्रदेशका बिभिन्न बिद्यालयमा २ हजार ६ सय १२ वटा झोला सहितको स्टेश्नरी सामाग्री बितरण गर्ने योजना फाउण्डेशनको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology