Logo मंगलवार, श्रावण १२ गते २०८३
images

खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान,५० युनिट रगत संकलन

खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान,५० युनिट रगत संकलन

  • 5.6K
    SHARES

  • खुद्रा किराना व्यवसायी संघद्वारा रक्तदान,५० युनिट रगत संकलन

    बुटवल,माघ ९-

    बार्षिक साधारणसभाको  अवसरमा रुपन्देही खुद्रा किराना  किराना व्यवसायी  संघ बुटवलले रक्तदान कार्यक्रम गरेको छ ।  रक्तदानमा ५० युनिट रगत संकलन भएको छ ।

    बार्षिक कार्यसुची अनुसार गरीएको रक्तदान कार्यक्रमा प्रमुख अतिथि बुटवलका प्रतिष्ठीत उद्योगी नरेश्वर पौडेलले उद्योगी तथा व्यवासायीहरु मुनाफासगै समाजिक उत्तरदायित्वमा पनि लाग्नुपर्ने बताए ।

    उनले साना व्यवासयीहरु समस्याहरु राज्यको ध्यानआर्कषण हुन नसकेको भन्दै व्यवसायीक हक हितको लागि एकजुट हुनुपर्ने बताए ।

    खुद्रा किराना व्यवसायी संघ रुपन्देहीका अध्यक्ष  ज्ञानप्रसाद न्यौपानेको अध्यक्षता भएको कार्याक्रमा स्वंयसेवी रक्तदात समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान मानव अधिकार तथा शान्ति समाज रुपन्देहीका उपसभापति कृष्ण भट्टराई , संघका संस्थापन अध्यक्ष  टिकाराम गैरे , पुर्व अध्यक्ष केसव कुवंर , सल्लाहकार कृष्ण भुषाल , महा सचिव गोपाल प्रधान , सचिव तथा कार्यक्रम संयोजक थानेस्वर अर्याल लगायतले बोलेका थिए ।

    संघले बुटवल रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा गरेको हाे ।

     

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology