Logo बुधवार, श्रावण १३ गते २०८३
images

काभ्रेपलान्चोकमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

काभ्रेपलान्चोकमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

  • 966
    SHARES

  • काभ्रेपलान्चोकमा ट्रक दुर्घटना, दुईजनाको मृत्यु

    बनेपा, कात्तिक २९।

    काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको छ।

    प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको  २२०२ नम्बरको  निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको जनाएको छ ।

    प्रहरी चौकी पाँच खालका प्रमुख प्रहरी निरीक्षक किशोर बुढाथोकीले ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको बताउनुभयो।उहाँले ट्रकको लट नम्बर भने नखुलेको बताउनुभयो।स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा  खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

    ‘घटनास्थलको प्रकृति हेर्दा ट्रक सडकमा माथि भागबाट नै भित्तोमा ठोक्किँदै ठोक्किँदै सडकबाट तल खसेको देखिन्छ, ट्रकको ब्रेक फेल भएको हो कि भन्ने अनुमान गर्न सकिन्छ’, प्रहरी निरीक्षक बुढाथोकीले भन्नुभयो।मृतक कुमार र माइला नजिकको दाजुभाइ रहेको स्थानीयबासीले जनाएका छन्।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology