Logo बिहिवार, आश्विन १ गते २०८३
images

सुरक्षित यात्रा नेपाल : ‘यात्रालाइ सुरक्षित,सहज र मर्यादीत बनाऔँ’

सुरक्षित यात्रा नेपाल : ‘यात्रालाइ सुरक्षित,सहज र मर्यादीत बनाऔँ’

  • 1.3K
    SHARES

  • सुरक्षित यात्रा नेपाल :  ‘यात्रालाइ सुरक्षित,सहज र मर्यादीत बनाऔँ’

    बुटवल,असाेज २४ ।

    बिभिन्न अभियान चलाउदै आएको सुरक्षित यात्रा नेपालले दशै तिहार लगायतका पर्वका अवसरमा यात्रा सुरक्षित बनाउन बोर्ड स्थापना गरेको छ ।

    बुटवलको गोलपार्क,पारिबुटवल,मनकामना मन्दिर क्षेत्र,बसपार्क, तिलोत्तमाको योगिकुटी लगायतका मुख्य राजमार्ग क्षेत्रमा बोर्ड स्थापना गरेको अध्यक्ष कृष्णप्रसाद बेल्बासेले बताउनुभयो ।

    सुरक्षित यात्रा नेपालले राजमार्ग तथा ट्राफिक ब्यबस्थापन कार्यालय बुटवल तथा बुटवल उपमहानगरपालिकासंगको सहकार्यमा बोर्ड स्थापना गरेको जनाएको छ ।

    यात्राको क्रममा केहि गुनासो भएमा समेत उपलब्ध फोनम्बरमा जानकारी दिन समेत सो बोर्डमा सुचित गरिएको छ । यात्रालाइ सुरक्षित,सहज र मर्यादीत बनाउन सुरक्षित यात्रा नेपालले सबैमा अनुरोध समेत गरेको छ ।yatra.jpg

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology