Logo बुधवार, श्रावण १३ गते २०८३
images

बुटवलबाट गुल्मी हिडेको जीप सत्यवतीमा दुर्घटना १५ यात्रु घाइते

बुटवलबाट गुल्मी हिडेको जीप सत्यवतीमा दुर्घटना १५ यात्रु घाइते

  • 1.3K
    SHARES

  • बुटवलबाट गुल्मी हिडेको जीप सत्यवतीमा दुर्घटना १५ यात्रु घाइते

    बुटवल,असाेज २३ ।

    बुटवलबाट गुल्मी शान्तिपुर जाँदै  गरेको जीप दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । बुधबार बुटवलबाट गुल्मी जाँदै गरेको लु १ ज २०८८ नम्बरको जीप सत्यवती गाउँपालिका १, कुडालीमा आफै अन्यन्त्रीत भई पल्टिँदा दुर्घटना भएको हो ।

    दुर्घटना परी जीप सवार सबै १५ जना घाइते भएको रार्जमाग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी साहयक निरीक्षक कृष्ण सुनारले जानकारी दिए । घाइते मध्य १ जनाको अवस्था गम्भीर रहेको छ भने ११ जनाको अवस्था मध्यम र ३ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ  ।

    बाग्लुङको बरेङडाँडा गाउँपालिका  ३ का ४० वर्षीय खड्कबहादुर क्षेत्रीको अवस्था गम्भीर छ । घाइते सबैलाई थप उपचारका लागि पाल्पा मेडिकल कजेल प्रभासमा रिफर गरिएको उनले बताए । 

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology