Logo बिहिवार, आश्विन १ गते २०८३
images

मकवानपुरको साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते

मकवानपुरको साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते

  • 867
    SHARES

  • मकवानपुरको साततलेमा दुर्घटना हुँदा चालकसहित तीन घाइते

    हेटौँडा,असोज, १९।

    मकवानपुरको बागमती गाउँपालिका वडा–८ स्थित साततलेमा विद्युतीय गाडी दुर्घटना हुँदा चालकसहित तीन जना घाइते भएका छन् । 

    काठमाडौँबाट धरानतर्फ जाँदैगरेको प्रदेश १–०२०–००१ ज ४३२८ नम्बरको विद्युतीय गाडी (भ्यान) हेटौँडा–चतरा–धरान सडक खण्डको बागमती गाउँपालिका वडा –८ स्थित साततलेमा शनिबार अनियन्त्रित भई सडक छेउको नालामा खसेर पल्टेर दुर्घटना हुँदा सो गाडीका चालकसहित तीन जना घाइतेभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

    दुर्घटनामा घाइते हुनेमा चालक धनकुटा बुद्ध नगरपालिका –१ हिलेका वर्ष ५२ का देवी थापा, यात्रुहरू सोही स्थानकी वर्ष ३० की प्रमीला तामाङ र काठमाडौँ चाबहेलकी ४८ वर्षीया विना तामाङ लामा रहेका छन् । 

    प्रहरीका अनुसार उक्त गाडीमा सवार चालकसहित १२ जनामध्ये तीन जना घाइते भएको र उहाँहरूको हेटौँडा उपमहानगर पालिका ११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology