Logo बुधवार, श्रावण १३ गते २०८३
images

२४ घण्टामा ५५४ जना कोरोना संक्रमित भेटिए ,थप ६ जनाको मृत्यु

२४ घण्टामा ५५४ जना कोरोना संक्रमित भेटिए ,थप ६ जनाको मृत्यु

  • 2.0K
    SHARES

  • २४ घण्टामा ५५४ जना कोरोना संक्रमित भेटिए ,थप ६ जनाको मृत्यु

    बुटवल,पुस २४- 

    नेपालमा आज थप ५५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।अहिलेसम्म मृत्यु हुनेको संख्या १९०९ रहेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५२६९ जनाको गरिएको पीसीआर परीक्षणमा ५५४ जनामा संक्रमण पुष्टि भएको हो ।गत २४ घण्टामा ५८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

    अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५७ हजार २ सय २९ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ ।

    गत २४ घण्टामा काठमाडौं उपत्यकामा २०७ जना संक्रमित भएका छन् । तीमध्ये काठमाडौंमा १७१, भक्तपुरमा १३ र ललितपुरमा २३ जना संक्रमित थपिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology