बुटवल,भदौ ४ ।
बुटवल १३ बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
बुटवलबाट पश्चिम तर्फ जांदै गरेको बलेरो जिप, बदेल पोखरीबाट महेन्द्र राजमार्गमा निस्कदै गरेको मोटर साईकल र मुर्गिया बाट बुटवल आउदै गरेको स्कुटर एक आपसमा ठोक्कीएर भएको दुर्घटनामा ति युवतीको ज्यान गएको हो।दुर्घटनामा ज्यान जानेमा अर्घाखांचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ बर्षिय शुष्मा श्रेष्ठ भएको प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरिक्षक दिपेन्द्र बानियाका अनुसार मुर्गिया बाट लु ८७ प ४५७३ नम्वरको स्कुटरमा बुटवल तर्फ आउदै गरेकी श्रेष्ठलाई बुटवल १२ शान्तीचोकमा नम्मर नखुलेको मोटरसाईलकले ठक्कर दिएको र मोटरसाईकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिईन्।
तिव्र गतिमा रहेको मोटरसाईकलको ठक्करबाट शुष्मा लु १ च ६७८३ नम्वरको बलेरो जिपको मुनी पुगेकी थिईन्। उनको उपचारका लागी अस्पताल लैजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)