बुटवल,पुस २१ -
बुटवल ११ देबिनगरमा रहेको जी २५ क्लवको आयोजनामा बुटवलमा रक्तदान कार्यक्रम भएको छ । क्लवले पांचौपटक रक्तदान कार्यक्रम आयोजना गरेको कार्यक्रम संयोजक दीपक घिमिरेले बताउनुभयो ।
रक्त संचार केन्द्र बुटवलको प्राबिधिक सहयोगमा बुटवलको देबिनगर चौपारिमा भएको कार्यक्रममा ७५ युनिट रगत संकलन भएको क्लवका कार्यसमिति सदस्य बिष्णुहरी आचार्य योगिराजले जानकारी दिनुभयो ।
क्लवका अध्यक्ष देबलाल अर्गालीको अध्यक्षतामा भएको कार्यक्रममा निर्बतमान अध्यक्ष रमेशकुमार जोशी,नेपाल स्वयंसेबी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहान क्षेत्री,क्लवका महासचिब जगदीश न्यौपाने लगायतले बोलेका थिए ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)