बुटवल,असार २ ।
बुटवल १२ ढवाहामा रहेको वेस्टर्न मेघा कलेजले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत “रक्तदान– जीवनदान, महादान” भन्ने मूल नारासहित आईतबार रक्तदान कार्यक्रम गरेको हाे ।
गर्मी मौसममा बढ्ने डेंगु, मलेरिया जस्ता अन्य रोगका कारणले हाल रुपन्देही लगायत देशभरमा उच्च रक्त अभाव भएको अवस्थालाई मध्यनजर गर्दै रगतको परिपूर्ति गर्नका लागि रक्तदान कार्यक्रम गरिएको प्राचार्य अधिवक्ता किसु शर्माले नागरिक अनलाइनलाइ जानकारी दिए ।
कलेजले आफ्नो नैतिक र सामाजिक उत्तरदायित्व अनुरुप विद्यार्थीको पठनपाठन सहितका गतिविधि सञ्चालन गर्दै आएको उनले बताए ।कार्यक्रममा कलेजमा अध्यनरत विद्यार्थी, शिक्षक, कर्मचारी लगायत आरम्भ ग्रुप अफ हस्पिटालिटी लिमिटेडमा कार्यरत कर्मचारीहरुले रक्तदान गरेका थिए ।
उक्त रक्तदान कार्यक्रम कलेजको अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछाने तथा कल्पना न्यौपानेको संयोजकतामा सम्पन्न भएको थियो । कार्यक्रममा ६० पिन्ट रगत संकल्न भएको थियो ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)