Logo बुधवार, श्रावण १३ गते २०८३
images

पाल्पाको निस्दीमा स्कोर्पियो दुर्घटना ९ जना घाइते

पाल्पाको निस्दीमा स्कोर्पियो दुर्घटना ९ जना घाइते

  • 1.4K
    SHARES

  • पाल्पाको निस्दीमा स्कोर्पियो दुर्घटना ९ जना घाइते

    पाल्पा,असार २ ।

    पाल्पामा स्कोर्पियो दुर्घटना हुँदा नौ जना घाइते भएका छन् । जिल्लाको निस्दी गाउँपालिका–४, स्थित झ्याङ्लिङ् सडक खण्डमा आइतबार बिहान सवा ४ बजेतिर दुर्घटना हुँदा नौ जना घाइते भएका हुन् । 

    होराइजन डेन्टल रामपुर अस्पतालद्वारा सञ्चालित भीरपानी डेन्टल शिविरमा गई फर्कने क्रममा बा १५ च ५९४ नम्बरको स्कार्पियो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

    घाइते हुनेमा रामपुर–५, का २१ वर्षीय डोल्मा खण्डाल, सोही स्थानकी २८ वर्षकी रचना राना, चालक ३० वर्षका मोहन अर्याल र ३४ वर्षका शङ्कर श्रेष्ठको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । 

    यस्तै रामपुर–५, पाल्पाकी अनिशासिंह ठकुरी, ममता श्रेष्ठ, सविता राना, श्रृया रुचाल, दीपा हिस्कीमगरको अवस्था सामान्य छ । उनीहरूलाई रामपुर अस्पतालबाट थप उपचारका लागि तानसेनस्थित लुम्बिनी मेडिकल कलेज प्रभासमा रिफर गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology