Logo बिहिवार, आश्विन १ गते २०८३
images

लियो क्लव ३३५ पि नेपालको अध्यक्षमा कुँवर र सचिवमा पौडेल निर्वाचित

लियो क्लव ३३५ पि नेपालको अध्यक्षमा कुँवर र सचिवमा पौडेल निर्वाचित

  • 900
    SHARES

  • लियो क्लव ३३५ पि नेपालको अध्यक्षमा कुँवर र सचिवमा पौडेल निर्वाचित

    बुटवल,बैसाख ३० ।

    लियो ३२५ पि नेपालको अध्यक्षमा देवदहकी श्रद्दा कुँवर निर्वाचित भएकी छन् ।

    शनिवार तिलोत्तमा नगरपालिका शंकरनगरमा भएको अधिवेशनबाट जिल्ला ३२५ पी नेपालको सन २०२४–२०२५ को लागि कुँवर निर्वाचित भएकी हुन् ।त्यस्तै कार्य समितिको उपाध्यक्षमा प्रविन पौडेल,सचिवमा सुमन पौडेल र कोषध्यक्षमा प्रविन गौडेल निर्वाचित भएका छन् ।

    विगत १० वर्षदेखि निरन्तर लियो क्लबमार्फत सामाजिक काममा क्रियाशील रहेकी युवा राजनीतिकर्मी कुँवर गत वर्ष लियो क्लबको उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

    देवदह नगरपालिका ५ खैरेनी निवासी कुँवर सामाजिक कार्यकर्ताको रुपमा विभिन्न क्लब र सामाजिक संस्थामा समेत क्रियाशील छिन् ।

    निर्वाचित भएसगै लियो ३२५ पि नेपाललाई सामाजिक र रचनात्मक कार्यक्रमसहित प्रभावकारी ढंगले अघि बढाउने प्रतिबद्धता उनले व्यक्त गरेकी छन् ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology