Logo बिहिवार, आश्विन १ गते २०८३
images

एभरेष्टमा रक्तदान ७० जनाले दिए रगत

एभरेष्टमा रक्तदान ७० जनाले दिए रगत

  • 966
    SHARES

  • एभरेष्टमा रक्तदान ७० जनाले दिए रगत

    बुटवल,बैशाख २७ ।

    बुटवल सुख्खानगरमा अवस्थित एभरेष्ट मावि मा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विद्यालयको वार्षिक कार्यक्रम अन्तर्गत गरिएको रक्तदानमा ७० जनाले रक्तदान गरेका थिए ।

    एभरेष्ट जुनियररयुवा रेडक्रस सर्कलका अध्यक्ष बिधाता थापाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्राचार्य एवम् एभरेष्ट जुनियररयुवा रेडक्रस सर्कलका संरक्षक कृष्ण न्यौपानेले विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्ने कार्यमा यस्ता कार्यक्रमले सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले एकले अर्कालाई रगत दिएर पनि कसैको ज्यान जोगाउन सकिन्छ भन्ने सन्देश विद्यार्थीमा दिन कार्यक्रम फलदायी भएको बताउनुभयो ।

    कार्यक्रममा स्वयंसेवी रक्तदाता समाज रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, विद्यालयका सह–प्राचार्य भीमसेन गौतम, उप प्राचार्य उमेश रेग्मी,  शिक्षक नायक अशोक ज्ञवाली, ब्लड बैंक बुटवलका निरञ्जन राजभण्डारी र गणेश खनाललगायतले रगत दान र जीवन दानको महत्व ठुलो भएको बताउनुभयो ।

    एभरेष्ट जुनियररयुवा रेडक्रस सर्कलको आयोजनामा भएको कार्यक्रमको संचालन शिक्षक माधव पौडेलले गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology