Logo बिहिवार, आश्विन १ गते २०८३
images

सरकारले सहकारी ठगदेखि अनेक अपराधमा संलग्नको संरक्षण गर्‍यो : नैनसिंह महर

सरकारले सहकारी ठगदेखि अनेक अपराधमा संलग्नको संरक्षण गर्‍यो : नैनसिंह महर

  • 1.6K
    SHARES

  • सरकारले सहकारी ठगदेखि अनेक अपराधमा संलग्नको संरक्षण  गर्‍यो :  नैनसिंह महर

    बुटवल,वैशाख २६ ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले सहकारी ठगहरूलगायत विभिन्न गम्भीर अपराधमा संलग्न व्यक्तिहरूलाई संरक्षण गर्न थालेको आरोप लगाएका छन्।

    नेपाल मुस्लिम संघ लुम्बिनी प्रदेशको बुटवलमामा आयोजित प्रथम सम्मेलनलाई सम्बोधन गर्दै गठबन्धन सरकारमा संलग्न पार्टीका सदस्यले मात्रै न्याय पाउने गरी काम गरिरहेको बताए।

    सरकारमा रहेका पार्टीकाबाहेक बाँकी जनता नागरिक होइनन् भन्ने मानसिकताबाट सरकार ग्रसित भएको टिप्पणी गरे।

    उनले भने, कांग्रेसकै नेतृत्वमा मुलुकमा पटक पटक सकारात्मक परिवर्तन भएका छन्। कांग्रेसकै नेतृत्वमा संविधान बनेको हो। त्यसैले हामीले माने नमाने पनि विश्व राजनीतिले पहिचानको राजनीति छोड्न सक्ने अवस्था छैन। पहिचान मानव जीवनको अभिन्न अङ्ग भइसक्यो।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology