Logo मंगलवार, श्रावण १२ गते २०८३
images

 प्रेस युनियनद्वारा क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन

 प्रेस युनियनद्वारा क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन

  • 933
    SHARES

  •  प्रेस युनियनद्वारा क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन

    बुटवल,बैशाख १५ ।

    नेपाल प्रेस युनियन रुपन्देहीको आयोजनामा सदस्यहरुको क्षमता विकास तथा डिजिटल पत्रकारिता तालिम समापन भएको छ ।समापन समारोहमा बोल्दै नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता क्षेत्रको गरिमा बचाउनु चुनौतीपूर्ण रहेको बताए ।उनले तालिमको लागि तालिम भन्दापनि सिकेका कुरालाई व्यवहारमा उतार्ने तालिम अहिलेको आवश्यकता रहेको बताए ।

    बुटवल उपमहानगरपालिकाको आर्थिक सहयोगमा बिहिबार र शुक्रबार गरि दुई दिन सञ्चालन भएको तालिमको दोस्रो दिन बुटवल उपमहानगरपालिकाका प्रेस विज्ञ सिपि खनालले डिजिटल पत्रकारिता तथा मिथ्या सुचनाको बारेमा सहजिकरण गरेका थिए ।तालिमको उद्धाटन बुटवल उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मित्रमणी खनालले गरेका थिए भने नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे,बरिष्ठ पत्रकार माधव नेपाल लगायतले सहजिकरण गरेका थिए ।

    कार्यक्रम नेपाल प्रेस युनियन रुपन्देहीका सभापति कबिन्द्र नेपालको अध्यक्षता तथा सचिव कपिल ज्ञवालीको सञ्चालनमा सम्पन्न भएको थियो । तालिममा सहभागि मध्यबाट १५ जनालाई लेखनबृत्ति समेत प्रदान गरिने सचिव ज्ञवालीले जानकारी दिए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology