पोखरा,चैत १७ ।
पोखरा महानगरपालिका २७, अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । ग १ ख ८६८० नम्बरको बस शनिबार बिहान लेखनाथचोकबाट अर्चले जाने बाटोमा दुर्घटना हुँदा चालक र सहचालक घाइते बनेका हुन् ।
लेखनाथतिर फर्किँदै गरेको बस शनिबार बिहान १० बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माले जानकारी दिनुभयो । दुर्घटनामा घाइते चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
यात्रुले रिजर्भ गरेको बस फर्किदा अन्य यात्रु भने थिएनन् । घाइते दुवैको अवस्था सामान्य रहेको र बस २ बजेतिर बाटोबाट हटाइएको शर्माले जानकारी दिनुभयो । 
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)