Logo बिहिवार, आश्विन १ गते २०८३
images

प्रदेशसभा अगाडी सडकपेटीका बेसाहारालाई ‘घरघरमा हामी’द्वारा सिरक-डसना वितरण 

प्रदेशसभा अगाडी सडकपेटीका बेसाहारालाई ‘घरघरमा हामी’द्वारा सिरक-डसना वितरण 

  • 4.0K
    SHARES

  • प्रदेशसभा अगाडी सडकपेटीका बेसाहारालाई ‘घरघरमा हामी’द्वारा सिरक-डसना वितरण 

    बुटवल,पुस ११-

    लुम्बिनी प्रदेशसभा अगाडी सडकपेटीमा रहेका बेसाहारा सडक मानवहरुलाई ‘घरघरमा हामी’ अभियानले सिरक-डसना सेट वितरण गरेको छ । 

    सामाजिक अभियानको सारथी घरघरमा हामी अभियानको ‘न्यानो कपडा वितरण’ अन्तरगत सो कार्यक्रम गरिएको संस्थाका संयोजक शिव डुम्रेले जानकारी दिए ।

     सिरक डसना सेट वितरण गर्दै अभियानका संयोजक डुम्रेले बुटवल उपमहानगरपालिका सडक मानवमुक्त रहेर पनि यसरी सडकमा रात विताउनुपर्ने अवस्था रहनु निकै दुखदायी भएको बताए ।

    दैनिक सयौं कर्मचारी, सुरक्षाकर्मी, प्रदेश सभाका सदस्यहरु ओहोरदोहोर गर्दासमेत कसैको आखामा पर्न नसक्नु निकै पीडादायी रहेको भन्दै उनीहरुको खाना र न्यानो कपडाको प्रबन्ध अभियानले गर्ने संयोजक डुम्रेले बताए । 

    सडकको बाँस गरिरहेका राम नेपाली, विक्रम सुनार, मोहन खड्का र श्याम विकको परिवारलाई अभियानले सिरक डसना र खानासहितको सहयोग गरेको थियो ।sirakk.jpg

    अभियानले यशअघि पनि सैनामैनाको गाउमा पुगेर न्यानो कपडा वितरण गरेको थियो भने, अब तल्लो मधेसका गाउँहरुमा न्यायो कपडा लिएर जाने जनाएको छ ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • शनिवार, पौष ११ २०७७१०:४२:०६

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology