बुटवल,फागुन २६ ।
गुल्मी जुनियाँ चिदीपानी तराई सम्पर्क समाज रूपन्देहीको नवौँ साधारणसभा तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ ।अध्यक्ष कृष्णबहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यवति गाउपालिका वडा न.७ का वडाध्यक्ष लोकबहादुर बुढाथोकीले समाजसंग पालिकाले सधै सहकार्य गर्ने बताउनुभयो ।
उहाले समाजले गरेको सामाजिक कृयाकलाप स्रहानिय रहेको उल्लेख गर्नुभयो । समाजका संस्थापक अध्यक्ष खडकबहादुर शाहीले सबैको हातेमालाेले मात्रै गुल्मी जुनियाँ चिदीपानीको विकास गर्न सकिने बताउनुभयो । साे अवसरमा डा. डिबि खत्री,छवबहादुर भण्डारी ,गुरूप्रसाद भुसाल,लालबहादुर भण्डारी ,शशिधर भण्डारी ,बिष्णु शाही,अन्जु बस्नेत,कमला रायमाझी,सचिव खिम बहादुर खत्री लगायतले बोल्नुभएको थियो ।
उपाध्यक्ष सुरेश थापाको स्वागतमा भएको कार्यक्रममा कोषाध्यक्ष ओमप्रकाश भण्डारीले आर्थिक प्रतिबेदन पेश गर्नुभयो ।कार्यक्रममा जेष्ठ नागरिक गंगाराम भण्डारी ,चुरामणी भुसाललाई सम्मान गरिएको थियो ।कार्यक्रममा आजिवन सदस्यलाई प्रमाणपत्र बितरण गरिएको थियो भने बैसाख २२ गते स्वास्थ शिबिर गरिने समाजले जनाएको छ।
नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)