Logo बुधवार, श्रावण १३ गते २०८३
images

लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपादवारा दबाबस्वरुप पैदल यात्रा

लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपादवारा दबाबस्वरुप पैदल यात्रा

  • 1.2K
    SHARES

  • लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि रास्वपादवारा दबाबस्वरुप पैदल यात्रा

    बुटवल,फागुन २।

    बुटवल,फागुन २ ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा प्रतिनिधि सभा सदस्य रवि लामिछानेले लामो समयसम्म पनि लुम्बिनी गुरुयोजना पूरा नहँुदा कयौ सम्भावनाका ढोकाहरु बन्द भएको बताएका छन् ।

    उनले समयमै गुरुयोजना पूरा नहुँदा यस क्षेत्रका हजारौं स्थानीयहरु विस्थापित हुनुपरेको बताए । राष्ट्रिय गौरवका आयोजनाहरु पूरा गराउन दबाब दिने उद्देश्यसहित आयोजित रास्वपाको राष्ट्रियव्यापी दबाब अभियानको क्रममा बुधबार लुम्बिनी आएका लामिछानेले गुरुयोजना पूरा भएको भए स्थानीयहरुलाई यही रोजगारीको प्रयाप्त अवसरहरु हुने जिकिर गरे ।लुम्बिनी गुरुयोजना कुनै पनि बहानामा ढिलाइ गर्ने छुट कसैलाई नरहेको बताए ।

    उनले गौतमबुद्धको पवित्र जन्मभूमिको नाममा कसैले बदमासी गर्न नहुने बताउँदै आफूहरुले गुरुयोजना कार्यान्वयनका लागि निरन्तर दबाब दिने र समाधानपत्र सरकारलाई बुझाउने बताए ।त्यस्तै भैरहवामा निर्माणसम्पन्न भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएका कारण पनि अरबौको लगानी जोखिममा रहेको बताए । लामिछानेले सरकारका प्रतिनिधिहरुले नै लगानीको आश देखाएर उनीहरुलाई बिजोग अवस्थामा पारेको आरोप लगाए ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रव्यापी दबाब अभियान अन्तर्गत लुम्बिनी गुरुयोजना कार्यान्वयनका लागि दबाबस्वरुप पैदल यात्रा गरेको थियो । पार्टी सभापति रवि लामिछानेसहित करिब १० किलोमिटरको पैदलयात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दवाव दिएको हो ।लुम्बिनी गुरुयोजना क्षेत्र उत्तरतर्फको १२ नम्बर गेटबाट निर्माणाधिन संरचनाको अवलोकन गर्दै लामिछानेले शान्तिदीप, मायादेवी मन्दिरको दर्शन गर्दै दक्षिणतर्फको ६ नम्बर गेट हुँदै महिलवार चोकसम्म पैदलयात्रा गरेका थिए ।

    ७ वटै प्रदेशमा अलपत्र पारिएका विकास योजनाको कामप्रति सरकारको ध्यानाकर्षण गराउने उद्देश्ले दबाब अभियानको आयोजना गरिएको र यसलाई चरणबद्ध रुपमा अगाडी बढाउने सभापति लामिछानेले बताए ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology