Logo बिहिवार, आश्विन १ गते २०८३
images

दुर्वाशा बचत तथा ऋण सहकारीद्वारा बुटवलमा रक्तदान

दुर्वाशा बचत तथा ऋण सहकारीद्वारा बुटवलमा रक्तदान

  • 1.3K
    SHARES

  • दुर्वाशा बचत तथा ऋण सहकारीद्वारा बुटवलमा रक्तदान

    बुटवल,माघ २३ ।

    दुर्वाशा बचत तथा ऋण सहकारी संस्थाको १४औँ वार्षिक उत्सबको अबसरमा बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।  कार्यक्रममा २८ युनिट रगत संकलन भएको थियो ।

    संस्थाका अध्यक्ष ईश्वरी प्रशाद पोखरेलको अध्यक्षता,स्वयंसेवी रक्तदाताका अध्यक्ष कृष्ण चौहान क्षत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हाे ।  आगामी दिनमा पनि यसका साथ साथै अन्य सामाजिक कार्यहरु गर्दै जाने जानकारी संस्थाका अधक्ष्य ईश्वरी प्रसाद पोखरेलले जानकारी गराउनुभयो ।

    कार्यक्रममा संस्थाका उपाधक्ष्य थनेश्वोर घिमिरे र सदस्य हरी प्रसाद घिमिरेले लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । संचालक समिति सदस्य तथा कार्यक्रम संयोजक बिष्णुप्रसाद बेल्बासेले स्वागत मन्तब्य र सचिव राधिका पोखरेलले कार्यक्रम संचालन गर्नुभएको थियो ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology