Logo बिहिवार, आश्विन १ गते २०८३
images

सिद्धबाबा भृकुटीद्वारा वृद्धाश्रमलाई सरसफाइका समान तथा डस्टबिन वितरण

सिद्धबाबा भृकुटीद्वारा वृद्धाश्रमलाई सरसफाइका समान तथा डस्टबिन वितरण

  • 2.2K
    SHARES

  • सिद्धबाबा भृकुटीद्वारा वृद्धाश्रमलाई सरसफाइका समान तथा डस्टबिन वितरण

    बुटवल,पुस ७- 

    लायन्स क्लब अफ बुटवल सिद्धबाबा भृकुटी सिद्धबाबा दुर्गाभवानी शिवकुमारी सैजु वृद्धाश्रमलाई सरसफाइका समान तथा डस्टबिन वितरण गरेको छ ।

    मंगलबार एक कार्यक्रमका बिच लायन्स ३ सय २५ बि २ का पिडिजि एमजेएफ महेन्द्र नारायण श्रेष्ठ, क्लबका पुर्बअध्यक्ष तथा इभ्यालेसन टीमका राधिका भुसाल, पार्बती ज्ञवाली, सस्थापक अध्यक्ष कोपिला रसाइली, रिजन चेयरपर्सन सीता भट्टराई, पुर्ब अध्यक्ष अनामिका घिमिरे, आईपिपि लक्ष्मी अधिकारीले आश्रमका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठलाई क्लिनर, हार्पिक, साबुन ,सर्फ, डेटोल, टिस्यु पेपर, लुगाधुने साबुन, फिनेल लगायत सामग्री हस्तान्तरण गरेका हुन ।

    कोभिड १९ का बिच स्वस्थ्य सुरक्षा महत्वपुर्ण भएको भन्दै आश्रमलाई क्लबबाट थोरै भएपनि सहयोग गरिएको क्लबका अध्यक्ष तुल्सा न्यौपाने सिंहले बताए । क्लबका सचिव सुमन पछाइ, संयोजक बिष्णु बोहराले कोभिड १९ का कारण वार्षिक कार्ययोजना अनुसार कार्यक्रम गर्न नसकिएको भएपनि समयसन्दर्भमा विविध रचनात्मक कामहरु गरिएको बताए ।

    आश्रममा हाल ७ जना वृद्धवृद्घाहरु आश्रित छन ।

    नागरिक अनलाइनमा प्रकाशित कुनैपनि सामग्रीबारे गुनासो,सूचना तथा सुझाव भए हामीलाई nagarikonlinenews@gmail.com मा पठाउनुहोला।)

    images
    images

    नागरिक अनलाइन

    • मंगलवार, पौष ७ २०७७०६:३२:३९

    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nagarik Online Site By: SobizTrend Technology